Posted by: sulsule | July 27, 2009

NCC Italy holds its First General Assembly

The First General Assembly of NRNA Italy was successfully concluded on 19th of July, 2009 in Rome. On behalf of ICC, Mr. Yogendra Shahi, from Hungary attended the General Assembly as a Chief Guest and Observer. In the inauguration ceremony Mr. Shahi read out the greetings message of ICC President Dr. Upendra Mahato. The greeting messages of Nepalese Ambassador to Switzerland, and Vice President Ram Thapa were also read out. The program was chaired by Dr Bhim Bahadur Bam, the Coordinator of National Coordination Council Italy. About 150 delegates from various parts of the participated in the GA. The General Assembly elected the new executive committee of the NCC Italy. The composition of the Executive Committee is as follows: President: Sher B ahadur Tumbapo ( Venis) Vice President : Chhatra Kumar Shrestha (Rome) Vice President: Krisna Prasad Naupane (Milan) General Secretary: Ram Jibi Pantha (Rome) Treasure: Dendi Sherpa ( Blonia) Deputy- Secretary: Bisal Tamang ( Milan) Members; Ram Das Shrestha Amar Bahadur Pun Mina Aryal Man Bahadur Tamang Bisnu Prasad Pandey Suman Rimal Ramesh Maharjan Prakash Bhandari Gopal Bahadur Shrestha Rikesh Maharjan Puspa Mohan Panday Gyan Prasad Lamichane Dharma Raj Pandey Sangam Rana The meeting also elected Mr. Ram Bahadur Bhandari as the ICC member from Italy for the term 2009-2011.

Advertisements
Posted by: sulsule | July 14, 2009

शेर वहादुर तुम्बापो

नाम : शेर वहादुर तुम्बापो

जन्म: २०१६-चैत्र २०

स्थान : पाँचथर हाल( झापा जिल्ला सतासीधाम- ७)

अध्यन : नेपाल ल क्याम्पस वी. एल. तेस्रो वर्षको अध्यन अधुरो

वी.स. २०४६ देखि १० वर्ष जर्मनीमा

ई स. २००१मा स्विजर्ल्यांड,जर्मनी ,वेल्जियम हुदै २००२ देखि इटाली

क्षेत्र कुमार श्रेष्ठ

डिल्लीप्रसाद पराजुलीको अध्यक्षतामा नयाँ कार्यकारिणी समितिको चयन गर्दै गैरआवासीय नेपालीको सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् चीनको प्रथम राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। राजधानी बेइजिङबाट झण्डै २ हजार किलोमीटर टाढा रहेको ग्वानजाउमा शनिबार आयोजित अधिवेशनबाट उपाध्यक्षद्धयमा शिव श्रेष्ठ र राजनकुमार जमकट्टेल, महासचिवमा सुन्दर थापा, कोषाध्यक्षमा नवीन विश्वकर्मा तथा सुधिरप्रसाद तिमिल्सिनालाई अन्तर्राष्ट्रिय समन्वय परिषद्का लागि चीनको प्रतिनिधिमा निर्वाचित गरिएको छ। त्यसैगरी अधिवेशनले सागर न्यौपाने, रञ्जन ढकाल, प्रदीप भण्डारी, प्रकाश खरेल, प्रदीप न्यौपाने, ध्रुव पौडेल र अरूण सिग्देललाई राष्ट्रिय समन्वय परिषद्को सदस्यमा चयन गरेको छ।

यसअघि, अधिवेशनको उदघाटन समारोहलाई शुभकामना दिंदै चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले नेपाली उत्पादनलाई चीनमा भन्साररहित बजार सुविधा उपलब्ध गराउनका लागि नेपाल सरकारले प्रयास गरेको र त्यसमा चिनियाँ पक्ष सकारात्मक रहेको जानकारी दिनुभयो। भन्साररहित बजार सुविधा लिनका लागि चीनमा रहेका नेपाली व्यापारीको जिम्मेवारी बढेकामा पनि उहाँले जोड दिनुभयो । नेपालमा जलस्रोत, पर्यटन र लगानीको प्रचुर सम्भावना रहेकाले त्यसका लागि नेपालका राजनीतिकर्मी, कर्मचारीतन्त्र र व्यावसायिक पूँजीका बीच समन्वय गरिनुपर्ने उहाँले बताउनुभयो ।

राजदूत कार्कीले चीनले गरेको तीव्र आर्थिक विकासको लाभ नेपालमा भित्र्याउनका लागि गैरआवासीय नेपालीले ठूलो भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा एनएरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष प्रितम श्रेष्ठले नेपालको तुलनामा भौगोलिक र जनसङ्ख्याको हिसाबले चीन पचास गुनाभन्दा बढीले ठूलो रहेकाले चीनमा रहेका नेपालीको अवसर पनि सोही अनुपातमा बढी रहेको बताउँदै सबै देशका व्यापारीसँग समन्वय गरेर अगाडि बढे चीनमा रहेका नेपालीले चीनसँगको व्यापारलाई विश्वव्यापी बनाउन सक्ने बताउनुभयो ।

एनआरएन एसिया प्रशान्त क्षेत्रीय संयोजक गणेश इजमले विदेशमा रहेका नेपालीले स्वदेशमा रेमिट्यान्स भित्र्याउन सहयोग पुर्‍याउनुका साथै नेपालको गुन्द्रुक, सिन्की, सुकुटी, अचारलगायतका स्थानीय उत्पादनको निर्यात बढाउँदै लगेको स्पष्ट पार्नुभयो ।

उद्घाटन समारोहमा एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद्का लागि चिनियाँ प्रतिनिधि बुद्धिबहादुर थापा र एनआरएन चीनका सल्लाहकार कृष्ण सिलवालले एनआरएनलाई चीनका अन्य भागमा पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

एनआरएन एसिया प्रशान्त क्षेत्रीय संयोजक गणेश इजमले विदेशमा रहेका नेपालीले स्वदेशमा रेमिट्यान्स भित्र्याउन सहयोग पुर्‍याउनुका साथै नेपालको गुन्द्रुक, सिन्की, सुकुटी, अचारलगायतका स्थानीय उत्पादनको निर्यात बढाउँदै लगेको स्पष्ट पार्नुभयो ।

उद्घाटन समारोहमा एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद्का लागि चिनियाँ प्रतिनिधि बुद्धिबहादुर थापा र एनआरएन चीनका सल्लाहकार कृष्ण सिलवालले एनआरएनलाई चीनका अन्य भागमा पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

स्रोतः एनआरएन एनसिसि चाइना

साउदी अरबकालागि नेपाली राजदुत हमिद अन्सारीको प्रमुख आतिथ्य तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महतोको बिशिष्ट आतिथ्यमा १९ जुन २००९ मा साउदी अरबको दमाममा एनआरएनए साउदी अरबको प्रथम महाधिवेशन सम्पन्न भएको छ। करीब ४०० एनआरएनहरुले भाग लिएको महाधिवेशन कार्यक्रममा अन्य अतिथिका रुपमा नेपाली राजदुतावास रियादबाट नियोग उपप्रमुख पारस घिमिरे, प्रथम सचिव खडग दहाल तथा कतारबाट पाल्नु भएका आइसिसी सचिव सागर नेपाल र कतारबाट प्रतिनिधित्व गर्ने आइसिसी सदस्य टि.बी. कार्की को सहभागिता थियो। साउदी एनआरएनएका संस्थापक अध्यक्ष गोपाल घिमिरेको अध्यक्षतामा सम्पन्न यस प्रथम महाधिवेशनको उदघाटन समारोहलाई साविकका महासचिव तथा नव निर्वाचित अध्यक्ष इ. धरम के.सी.ले सञ्चालन गर्नुभएको थियो भने संगठनका प्रतिवेदनहरु प्रस्तुतीको सत्रलाई तत्कालीन सचिव तथा नव निर्बाचित प्रबक्ता राम श्रेष्ठले सञ्चालन गर्नुभएको थियो। पुरानो परिषदको बिघटन, नयां परिषदको चुनावी नतिजा घोषणा लगायत अतिथिज्यूहरुको मन्तब्य सहितको अन्तीम सेसनलाई साउदी अरबबाट आइसिसिमा प्रतिनिधित्व गरिरहनुभएका आइसिसी सदस्य राम बेलबासेले सञ्चालन गर्नुभएको थियो। १५०० कि.मी. टाढा रहेको जेद्धा शहरबाट त्यहां गठित एनआरएनएकै क्षेत्रिय समितिको प्रतिनिधित्व गर्दै महाधिवेशनमा सहभागी हुनुभएका दुर्गा बि.क. लगायतका थुप्रै संघ संस्थाहरुको पूर्ब निधारित प्रस्तुति हुन नसकेकोमा आयोजक समितिको तर्फबाट दुख ब्यक्त गर्दै कार्यक्रमको सभापतित्व गरिरहनुभएका संस्थापक अध्यक्ष गोपाल घिमिरेले सभामै क्षमा याचना गर्दै छिटै नै यो कमिलाई पूरा गर्न सम्पूर्ण संघसंस्थाहरुका प्रतिनिधि साथीहरुसंग साउदी एनआरएनएले बृहद अन्तरकृया कार्यक्रम गर्ने जानकारी पनि दिनुभएको थियो।

नेपालको राष्ट्रियगानबाट शुरु भई संघका उपाध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक हरि घिमिरेको स्वागत मन्तब्यबाट अघि बढेको यस कार्यक्रमको पहिलो सत्रमा आइसिसी सदस्य राम बेलबासेले एनआरएनएको परिचय तथा गतिबिधिबारे, मध्यपूर्बमा एनआरएनएबारे मध्यपूर्ब सह सयोजक चोला पाठकले, साउदीमा एनआरएनएको स्थापनाका बारेमा संस्थापक तथा हाल युनिटी लाइफ इन्स्योरेन्स कम्पनीका साउदी अरब कन्ट्री रिप्रजेन्टेटिभ कृष्ण प्रसाद शर्मा सुवेदीले एनआरएनएको गरिमा र महत्वका बारेमा संस्थापक महासचिव बिमल गौतमले र एनआरएनएको अभियानमा मिडियाको भूमिकाबारेमा संस्थापक सचिव तथा पिएनएनका डाइरेक्टर सागर श्रेष्ठले आ आफ्नो मन्तब्य तथा बिचार प्रस्तुत गर्नुभएकोथियो। त्यसैगरी बिभिन्न संघ संस्थाहरुसंग एनआरएनएको हातेमालो बिषयमा प्रबासी नेपाली सेवा समितिका अध्यक्ष तथा एनआरएनएका सल्लाहकार तारा भण्डारीले, समाजसेवामा एनआरएनएको सम्भाब्य भूमिका तथा योगदानका बारेमा एनआरएनएका सल्लाहकार राजु सैयदले, समाज सेवामा साउदी एनआरएनए बिषयमा संघका केन्द्रिय सदस्य भीम थापाले अनि एनआरएनएसंग नेपाली राजदुतावास लगायतका राष्ट्रिय अन्तराष्ट्रिय परिवेशको चर्चा तथा बिश्लेषण नियोग उप प्रमुख पारष घिमिरेले तथा श्रमिकका समस्या समाधानमा नेपाली राजदुतावासको भूमिका तथा पहल बिषयमा राजदुतावासका प्रथम सचिव खडग दहालले बोल्नुभएकोथियो। कार्यक्रमको दोस्रो सत्रमा पनि केही बक्ताहरुले आ आफ्नो मन्तब्यलाई जारी राख्नुभएकोथियो। त्यसैक्रममा साउदी अरबमा नेपाली महीलाहरुको स्थितीका बारेमा महिला बक्ता यास्मीन बेगमले बोल्नु भएको थियो र केही संघ संस्थाका तर्फबाट पनि मन्तब्य आएको थियो जसमा लुम्बिनी प्रवासी मञ्चका मनोज बिष्ट, तमुधि प्रबास केन्द्रिय समितिका राजपति तमु, तामाङ समाजका संस्थापक तथा एनआरएनए साउदी अरब क्षेत्रिय समिति दमामका अध्यक्ष यम तामाङले आ(आफ्नो मन्तब्य राख्नुभएको थियो। यसै सेशनमा संघका महासचिव इ. धरम के.सी.ले प्रथम कार्यकाल २००७(०९ को आवधिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन चार्टर्ड एकाउण्टेण्ट राजेश बुढाथोकीले पेश गर्नु भयो।

कार्यक्रमको अन्तिम सेशनमा संघका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक गोपाल घिमिरेले आफ्नो अध्यक्षताकेा राष्ट्रिय समन्वय परिषद विघटन भएको घोषणा गरेपछि निर्वाचन समितिकै सह संयोजक हरि घिमिरेले आगामी कार्यकाल २००९-११ का लागि नयाँ राष्ट्रिय समन्वय परिषदको चुनावी नतिजा घोषणा गर्नुभयो। नव निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकार छः

१. इ. धरम के.सी. – अध्यक्ष
२. भीम थापा – उपाध्यक्ष
३. नारायण गुरुङ्ग – महा सचिव
४. राजु पौडेल – सचिव
५. छोटु थापा – कोषाध्यक्ष
६. पुरुषोत्तम श्रेष्ठ – सह कोषाध्यक्ष
७. राम श्रेष्ठ – प्रबक्ता
८. टेकनाथ नेपाल – सदस्य
९. राम बहादुर बस्नेत – सदस्य
१०.बिरेन्द्र चौधरी – सदस्य
११.टोलराज वाग्ले (नारन) – सदस्य
१२.नारायण भटराई – सदस्य
१३.बिजय रेग्मी – सदस्य
१४.चिरञ्जिवी अर्याल – सदस्य
१५.नविन अधिकारी – सदस्य
१६.दिनेश साहु – सदस्य
१७.श्रीराम कुंवर – सदस्य
१८.पुर्ण बि.क. – सदस्य
१९.राजेश रमण कर्ण – सदस्य
२०.भरत लामा – सदस्य
२१.अमित गुरुङ्ग – सदस्य

निर्वाचन समितिले जनाएअनुसार हाल रिक्त देखिएका दमाम र जेद्धा क्षेत्रका उपाध्यक्ष र मध्यपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल बिकास क्षेत्रका प्रतिनिधि सदस्यका पदहरु नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदको पूर्ण बैठकमा बहुमतले चयन हुनेछन। त्यसैगरी बिधानतः यसै महाधिवेनबाट चयनहुनुपर्ने आइसिसी सदस्यकोलागि पनि नव निर्वाचित एनसिसीको प्रथम बैठकको बहुमतको निर्णयबाट चयन गर्न यस महाधिवेशनको स्वीकृतिका लागि निर्वाचन समितिले प्रस्ताव राखेकोमा हलमा उपस्थित सबैले ताली बजाएर सोका लागि स्वीकृति प्रदान गरे।

नव निर्वाचित राष्ट्रिय समन्वय परिषदलाई गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गराउनु भएपछि नव निर्वाचित परिषदका सबै पदाधिकारीहरुलाई बधाई दिदै आफ्नो बिशेष मन्तब्य पनि दिनुभयो।

“संस्थाका लागि चौबिसै घण्टा फुर्सदमा छु भन्नेले संस्था नै डुबाउन सक्छन” यो भनाई डा. उपेन्द्र महतोको हो। यसै महाधिवेशनका सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा यस्ता ब्यक्तिसंग सबै एनआरएनहरु सतर्क रहनुपर्ने सल्लाह दिनुभएको हो। सही काम गर्नेहरुले शुरुमा एक्लै परेता पनि बिस्तारै धेरैको साथ र समर्थन पाउंछन र गलत काम गर्नेहरुका पछाडि केही समयका लागि ठूलै भीड देखिएतापनि अन्ततः ती सबैले साथ छोड्न सक्छन, त्यसैले कुनै स्वार्थका लागि गलत काम र गलत बाटोमा कहिल्यै नलाग्न सबै एनआरएनहरुलाई आह्वान गर्दै अगाडी भन्नुभयो हामी सबैको लक्ष सम्बृद्ध र बिकसित नेपाल बनाउने हुनुपर्दछ। साउदी अरबमा रहेका करीब ५ लाख नेपालीहरुले राष्ट्रलाई पुर्‍याएको योगदान अन्य कुनैपनि मुलुकका नेपालीहरुको भन्दा कम छैन। बिश्वभरिकै करीब २५ लाख हामी एनआरएनहरु जो बयस्क छौ, मगज नबिग्रेका र केही न केही गर्नसक्ने बुद्धी र क्षमता राख्ने हामी अहिले नेपालका लागि सबैभन्दा ठूलो शक्ति पनि हौ भन्दै तर हाम्रो बास्तविक पहिचान र महत्वलाई बुझ्न नेपाल सरकारलाई लामै समय लागेको र अझै पनि केही भ्रम, आशंका र आपसी असहमतिहरु बाँकी नै रहेको यथार्थ जानकारी गराउंनुभयो। दोहोरो नागरिकता उपेन्द्र महतोको आवश्यकता होइन, यो त नेपालकै आवश्यकता हो, मात्र ५ डलरमा बन्न सक्ने नेपाली नागरिकता र पासपोर्टले ५ अरब डलर नेपाल भित्राउन सक्छ, आंफूले हाल २० ओटा राष्ट्रमा लगानी गरिरहेको र १२००० बिदेशी कामदारहरुलाई आफ्ना कम्पनी तथा ब्यवशायिक फर्महरुमा रोजगार दिईरहेको जानकारी गराउदै तर यो उपेन्द्र महतोले आफ्नो जिन्दगीभर एकमात्र पासपोर्ट साधारण नेपाली हरियो पासपोर्ट नै बोकेर नै संसार घुमिरहने आफ्नो अठोट सुनाउंदा हलमा सहभागीहरुले अत्यन्तै खुशी र भावबिह्वल बनी गडगडाहट ताली बजाएका थिए।

अर्का अतिथि बक्ता आइसिसीका सचिव सागर नेपालले पनि उपेन्द्र महतोकै बारेमा बोल्दै उपेन्द्र महतोलाई गाली दिने र बिभिन्न लाञ्छना लगाउनेहरु पनि यति धेरै थिएकी ती सबै अरु कुनै ब्यक्तिले सुन्नुपरेको भए शायद आत्महत्या पनि हुनसक्थ्यो होला। तर उपेन्द्रजी त्यस्ता आरोप र लाञ्छनाहरुबाट कहिल्यै बिचलित हुनुभएन र आफ्नो सत्कार्यमा दृढ बिस्वास, उच्च मनोवल र आस्थाका साथ संधै अघि बढी नै रहनुभयो र आज आफूंलाई र एनआरएनएलाई पनि यो गरिमा र गौरबमय स्थानमा ल्याइपुर्‍याउनुभएको छ भन्दै त्यसैले राम्रै काम गर्दा पनि बिरोध र आलोचनाहरु हुनसक्छन तर सांच्चै नै सत्कार्यमा लागेकाहरु कहिल्यै पनि डराएर बिचलित हुनुहुंदैन भन्दै साउदी अरबको स्थापना कालमा चर्चामा आएका केही ब्यक्तिहरुको नाम नै दोहोर्‍याइ तेहर्‍याइ प्रशंसा गर्नु भएकोथियो।

कतारबाटै पाल्नुभएका अर्का अतिथि टेक बहादुर कार्कीले भने साउदी अरबमा एनआरएनहरु अहिले तातेको आंफूले पाएको र यो ताजा उत्साह र उमंगलाई संगठनका लागि र समग्रमा नेपाल र नेपालीका लागि पनि केही न केही रचनात्मक कार्य गर्नसके एनआरएनएको अभियान थप सार्थक बन्ने आसा राख्दै नव निर्वाचित एनसिसी साउदी अरबका सबै साथीहरुलाई बधाई तथा शुभ कामना दिनुभएको थियो।

अन्तमा महामहिम नेपाली राजदुत हमिद अन्सारीज्यूले उपेन्द्रजी लक्ष्मी र सरस्वती दुबैले बास गरेको ब्यक्ति हो, वहांको ब्यक्तिगत र वहांको अगुवाईमा एनआरएनएले हालसम्म गरेको प्रगतिप्रति हामी सबैलाई खुशी र गर्ब लाग्छ भन्नु भयो । उहाले साउदी अरबमा पनि के.सी.जीको नेतृत्वमा नव निर्बाचित टीमले अहिलेसम्मको भन्दा अझ राम्रो काम गर्न सकोस, हाम्रो बधाई र शुभकामना छ, राजदुतावासले गर्नुपर्ने सहयोग र सहकार्यका लागि हामी संधै सकारात्मक रहनेछौं भन्दै राजदुतावासको पुरै परिवारलाई नै आमन्त्रण गरी यति ठूलो ऐतिहासिक कार्यक्रममा सरिक गराएकोमा आयोजकलाई धन्यवाद पनि दिनुभयो।

यस महाधिवेशनको कार्यक्रमलाई सिटी एक्स्प्रेस (टेली मनी) ले मुख्य प्रायोजकको रुपमा प्रायोजन गरेको थियो भने आइ.एम.इ. र वेस्टर्न युनियन मनी ट्रान्सफर सह प्रायोजकका रुपमा रहेकाथिए।

कार्यक्रममा तामाङ समाज सांस्कृतिक समुह, प्रसिद्ध गायक छन्त कार्की, बिरेन्द्र चौधरी लगायतका कलाकार मित्रहरुका सुमधुर गीत तथा नृत्यका प्रस्तुतिहरुले महाधिवेशनलाई थप रोजक र रमणीय बनाएको थियो।

अन्तमा सभाका सभापति गोपाल घिमिरेले आमन्त्रणलाई स्वीकार गरी यस प्रथम महाधिवेशनमा पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरु तथा उपस्थित सम्पूर्ण सहभागी महानुभावहरुलाई धन्यवाद दिदै सभा बिशर्जन गर्नुभएको थियो।

स्रोतः
एनआरएन एनसिसि साउदी अरेवीया

Categories